नेवार परम्पराकाे अनाैठाे रीतिरिवाज
नेवार जातिमा अनाैठाे रीतिरिवाज र परम्पराहरू रहि अाएकाे छ कत्तिलार्इ थाहा नै छैन हाेला।
1. नेवार जातिमा जन्मदा नुन बारिन्छ जस्काे फलस्वरूप मान्छे मर्दा नुन बार्ने चलन छैन।
2. छाेराहरूकाे ब्रतबन्ध गरिन्छ तर भगवानकाे मन्दिर अगाडि दाैडन लगाइन्छ र मामाले समाउनु पर्ने र समाउन नसके बच्चा 14 वर्ष वनबास जानु पर्ने हुन्छ।
3. छाेरीहरूकाे बेल संग रजस्वला हुनु भन्दा अगाडि र रजस्वल्ला पर्व गुफा राखेर सूर्य संग बिवाह गरिदिने चलन छ। जसकाे फलस्वरूप लाेग्न मरेकाे खण्डमा महिलाहरू विधुवा बनि रहनु पर्दैन। यद्यपि कहि कहि विधुवा बन्छन् पनि। तर नेवारहरूकाे रीतिरिवाज विधुवा बस्नु पर्दैन।
4. नेवारहरूमा अर्काे अच्चमकाे रीति रहेकाे छ कि बिवाहकाे बेलामा बेहुली लिन बेहुला जाँदैनन् र बेहुलाका बजै (अजी) जानु हुन्छ र बेहुलिकाे सिउँदाेमा सिन्दुर भरेर लिएर अाउँछन् र माइतिकाे अपुस्थितिमा बेहुला र बेहुलीकाे बिवाह सम्पन्न गर्छन् ।
5. नेवारहरू स्वःगाेत्रमा बिवाह गर्ने अादिवासी जनजातिहरू मध्ये एक हाे। तर 7 पुस्ता नाधेका र हाडनाता नजाेडिएका संग मात्र नेवार समुदायजातिमा बिवाह सम्पन्न हुन्छ। नेवार समुदायमा मामा र फुपुका छाेराछाेरीहरू एउटै भुँडिका सन्तान सरह मानिने भएकाेले अन्य जनजातिहरूमा जस्ताे मामा र फुपुका छाेराछाेरीहरू बिच बिवाह हुँदैन।
6. मरनाेप्रन्त गरिने काज कृया पनि छुट्टै प्रकारकाे छ। सबै भन्दा धेरैलार्इ अचम्म लाग्ने कुरा नेवारहरू एकछाक पनि नुन बार्दैनन्। दिनमा एकछाक खान्छन् । सातदिनमा न्हेन्मा दिने चलन छ (सातदिनकाे भात चढाउने) जुन छाेरीहरूले पकाउनु पर्छ। 13 दिनमा चाेखिन्छ। 45 दिनकाे काम हुन्छ र 6- 12 भित्र वर्खि खुकाउने चलन भएपनि अाजकालकाे भागदाैडकाे जमानमा 13 दिनमै वर्खि फुकाउने गरिन्छ। सबै भन्दा अचम्मकाे कुरा के भने 13 दिन पछि 1 वर्ष भित्र वर्खि वारकाे छाेरा वा जाे छ उसलार्इ बाेलाएर खुवाउनु पर्छ वर्खि वारेकाकाे नातेदारहरू मध्ये जाे काेहि एकजनाले। यसलार्इ (चिपँ थिकेउ) अर्थात जुथाे गराउने भनिन्छ र याे नगरे नातेदारहरूकाेमा जान मिल्दैन। नातागाेता यसपछि टाढिन्छ।
7. नखत्या बाेलाउने, नखत्या भनेकाे नेवारी परम्परा र रीतिरिवाज अनुसार छुटेका चाडपर्वहरूकाे सट्टामा बाेलार्इने एउटा विशेष भाेज हाे। नखत्या अन्य कुनै कारणले बाेलाउन नपाएकाे वा जुठाे परेर छुटेकाे चाडपर्वहरूकाे सट्टा अाफन्तहरूलार्इ बाेलाएर खुवाउने चलन छ। यदि मान्छे मरेकाे बेला चिपँ थिकेउ नगरे नखत्या गर्दैनन्।
8. नेवार समुदायमा छाेरीहरूकाे मुख्य स्थान रहेकाे हुन्छ। छाेरीले अामाबाबुकाे मृत्यु पछि गरिने काज कृयामा बनाएकाे वा ल्याएकाे सामाग्रिबाट पिण्ड बनाइन्छ। सात दिनकाे भात पनि छाेरीले नै ल्याएर बनाएकाे सामाग्रि समाजेश गरि छाेरीले नै चढाउँछिन्।
9. नेवार समुदायहरू तिहारकाे लक्ष्मि पूजाकाे भाेलि पल्ट म्हः पूजा गर्छन् । म्हः अर्थात शरिर, याे दिन नेवार समुदायका मुली अामा वा बैजकाे उपस्थितिमा सपरिवार बसेर अाअाफ्नाे शरिर पूजा गरि भाेज खाने चलन छ। जुन अन्य कुनै समुदायमा देखिंदैन। र यसै दिने नेपालकाे राष्ट्रिय संबत नेपाल सम्बत पनि पर्ने भएकाेले अझ हर्षउल्लासका साथ नेपाल संबतकाे नयाँ वर्ष मनाउने गर्छन्। याे हेर्दा लाग्छ कि नेपाल संबतका बारेमा अन्य समुदायलार्इ कुनै ज्ञाँत नै छैन।