नेपाल सम्बत
नेवार समुदायले मात्र किन नेपाल सम्बतलार्इ राष्ट्रिय सम्बत भन्दै कराउँदै र मनाउँदै अाइ रहेका छन्? के नेवार समुदाय पागल त भएकाे हैन? यस्ताे बिचार केहि खस समुदायमा परेकाे हाे कि भन्ने अाभाष हुन थालेकाे छ। नेपाल सम्बत र बिक्रम सम्बत मा के भिन्नता छ र भन्ने प्रश्न पनि थुप्रैले प्रश्न साेध्ने गर्दछन् । नेवार समुदायले नेपाल सम्बतकाे समयमा कसैलार्इ नयाँ वर्षकाे शुभकामना दिए कहाँ हाम्राे हाे र तपाइँहरूकाे पाे हाे याे त हाम्राे त बैशाखमा हाे भन्छन् ।
1. बैशाख महिना कसरी सुरू भाे त नेपालमा के पहिला नेपालमा बैशाख जेठ महिना थियाे? 2. के नेपालकाे राष्ट्रिय सम्बत बिक्रम सम्बत नै हाे? 3. यदि नेपाल सम्बत नेपालकाे हाे भने सरकारले किन बिक्रम सम्बतलार्इ मान्यता दियाे त? 4. यदि बैशाख जेठ हैन भने नेपालमा कुन कुन महिना थियाे त? 5. नेपाल सम्बत र बिक्रम सम्बतकाे स्थापना कहाँ र कसरी भयाे?
अादि प्रश्नहरूकाे बारेमा थाेरैलार्इ मात्र थाहा नहाेला अाजकाे फेसबुक युगमा। यदि अझै थाहा छैन न भन्नु हुन्छ भने हामी बताउँछाैं। कहाँ, के, कसरी, किन र केका लागि भनेर । कुरा तपाइँहरूले मान्दै अाउनु भएकाे बिक्रम सम्बतकाे कुरा गराैं।
त्याे भन्दा पहिला संबतकाे स्थापना कसरी गरिन्छ त्याे पनि जान्न अावश्यक छ।
कुनै पनि सम्बत हावाकाे भरमा र ल याे सम्बत मनाउने भनेर सम्बतकाे स्थापना हुँदैन। त्यसका लागि कुनै राजा वा जाे कसैले अाफ्नाे देशका जनताकाे अाफुले नैतिकताका साथ इमान्दार भइ कमाएकाे जायजेठ्ठाबाट पुरै देशकाे जनताकाे ऋण तिरिदिने ब्यक्ति हुनु पर्ने छ। कुनै खाेत र स्वार्थ बिना गरेकाे कामकाे पुरस्कार स्वरूप उनकाे नाम अजर र अमर बनाउन सम्बतकाे स्थापना गरिन्छ वा हुन्छ।
बिक्रम सम्बतः तत्कालिन भारतमा पनि नेपालमा जस्तै स-साना राज्यहरू थिए । त्याे मध्ये भारतकाे बिहार राज्यमा एक राजा थिए । जसकाे नाम राजा बिक्रमादि दत्त थियाे । उनि निकै नैतिकवान इमान्दार र ज्ञानि पनि थिए। उनकाे राज्यकालमा जनताले धेरै दुख्ख पाएपछि जनताले लिएकाे ऋण अाफ्नाे ज्याजेठ्ठाबाट जनताकाे ऋण तिरि दिए । यसकारण जनताले उनकाे जयजयकार मात्र गरेनन् उनकाे नाममा एउटा सम्बत पनि स्थापना गरे । जसलार्इ राजा बिक्रमादि दत्त कै नाममा बिक्रम सम्बत भनि राखे । जुन अहिले नेपालमा सरकारी कामकाजका लागि उपयाेग गरिएकाे सम्बत हाे। यहाँ हामीले किन सरकारी कामकाजकाे लागि भनेकाे भन्ने पनि तपाइँलार्इ जिज्ञासा उत्पन्न हुन सक्छ यसका बारेमा नेपाल सम्बत भित्र खाेज्नुहाेला।
नेपाल सम्बतः तत्कालिन नेपाल स-साना राज्यमा बिभाजन थियाे । याे त सबैलार्इ थाहा भएकै कुरा हाे। तिनै राज्यहरू मध्ये काठमाण्डाै पनि एक राज्य थियाे । जहाँ जनता निकै गरिब भए पछि राज्य संग लिएकाे ऋण तिर्न नसकेर दुख्ख पाइ रहेका थिए। नेपाल राज्यकाे एक ब्यक्ति जाे नैतिकवान थिए, इमान्दार र अाफुले मन्यग्य कमाएका थिए । उनले बिष्णुमतिमा बालुवा खन्ने क्रममा सुन भेटेका थिए र जनताकाे दुख्ख देख्न नसके पछि राज्य संग लागेकाे ऋण उनले अाफ्नाे जाय जेठ्ठा सहित जनताकाे टाउकाेबाट ऋण चुक्ता गरिदिए उनकाे नाम संकधर सख्वा हाे। त्यसपछि जनता खुसी भइ उनकाे नामबाट सम्बत खाेल्न चाहे र संकधर सम्बत नामाकरण गरियाे । तर संकधरले त्याे स्विकार गरेनन् । म कुनै राजा महाराजा हैने मेराे नामबाट सम्बत चलाउनलार्इ बरू यसलार्इ देशकाे नामबाट चलाउन अाग्रह गरे र संकधर सम्बतबाट नेपाल सम्बत राखियाे। र नेपालमा नेपाल सम्बतकाे थालनि भाे।
नेपाल सम्बतलार्इ किन र कसरी हाटायाे? नेपाल सम्बतमा कहिले काहिँ 13 वटा महिना पर्छ। किनकि नेपाल सम्बतमा तिथि मिति फरक पर्दैन संधै एकैनासकाे हुने गर्छ। जसकाे कारण तत्कालिन राणा सरकारले नेपाल सम्बतमा बेला बखतमा अाउने 13 अाैं महिनामा अाफ्ना कर्मचारीलार्इ सित्तैमा तवल खुवाउनु पर्ने नियमका कारण यसलार्इ हटाएर श्री३ चन्द्र शंसेरले भारतमा चलाइ रहेकाे भारतिय सम्बत नेपालमा सरकारी कामकाजका लागि चलाउने भनेर निर्णय गर्याे र जुन अहिले सम्म त्यहि भारतिय राजाकाे संबत नेपालमा चलाइ रहेकाे छ। यसलार्इ नेवार समुदायले मात्र राष्ट्रिय सम्बतकाे रूपमा लिनु कुनै नयाँ वा नाैलाे कुरा पनि हैन किनकि हालकाे नेपालकाे मुख्य अादिवाशीहरू मध्ये त्यतिबेलाकाे नेवार समुदायकाे मुल थलाे हाे। अन्य जातजातिहरू बिभिन्न देशहरूबाट पलायन भएर नेपाल छिरेकाे इतिहासमा पनि पढ्न पाइन्छ। सायद त्यसैले हाेला नेपालमा नेवार समुदायबाहेक अन्य मुख्य गरेर खस जातिले नेपाल सम्बतलार्इ नेवारहरूकाे सम्बत भन्ने र अाफ्नाे सम्बत भारतिय सम्बत हाे भन्ने। किन कि नेपालमा खस समुदाय भारतबाट नै अाएकाे इतिहासले पनि पुष्टि गर्छ याे हाम्राे भनाइ हैन।
No comments:
Post a Comment