Sunday, October 13, 2019

Nepal Bhasha Lesson Part 1

नेपाल भाषा भाग 1ः
नेपाल भाषामा अाज हामी सामान्य तया बाेलिने कुरा वा शब्द जुन नेपाली खस भाषामा प्रयाेग गर्ने कालका बारेमा चर्चा गर्नेछाैं ।
नेपाल भाषामा तपाइँले हाम्राे पाेष्टहरू हेरिरहनु भएकाे छ वा हेर्ने गर्नु भएकाे छ भने तपाइँलार्इ लाग्न सक्छ याे भाषाकाे ब्याकरण निकै गाह्राे छ। कसरी हामीले बाेल्न वा सिक्न वा लेख्न सक्छाै?
हाे हेर्दा नेपाल भाषाकाे ब्याकरण जति गाह्राे छ त्यति नै सजिलाे पनि छ । कसरी भन्ने तपाइँकाे प्रश्नलार्इ सजिलाे पार्न चाहन्छु।
जसरी अंग्रेजी भाषामा Who? What? Where? Why? When? जस्ता प्रश्न चिन्ह हुन्छन् नेपाली भाषा जसलार्इ खस भाषा भनेर पनि चिनिन्छ यसमा पनि साेहि अनुसार, काे? कहाँ? के? कसरी? कहिले? किन? प्रश्न चिन्ह हुने गरे जस्तै नेपाल भाषा वा नेवारी भाषामा पनि, सुः? छुः? गन? छाय्? र गब्ले? भन्ने प्रश्न चिन्हहरू हुने गर्दछन् ।
त्यस्तै काल, विशेषण, नाम सर्वनाम पनि हुबहु हुने गर्दछ बाेल्दा खेरी।
अर्काे शब्दमा भन्नु पर्दा तपाइँले नेपाली भाषाकाे ब्याकरण नेपाल भाषामा प्रयाेग गरेर पनि बाेल्न लेख्न र सिक्न सक्नु हुन्छ।
जस्तैः
नेपालीः राम भात खान्छ। रामले भात खान्छ।
नेपाल भाषाः राम जा नइः। राम न जा नइः।


No comments:

Post a Comment

Glossary of Nepal Bhasha Part 12

 Glossary of Nepal Bhasha Part 12 नेपाली = नेपाल भाषा उज्यालिनु = तुयुये उज्यालाे= जः/जति उज्यालाे हुनु= थिये/ खये उठाउनु= थने उठेकाे धर्साे...